१५ असार २०८३, सोमबार | June 29, 2026

पूर्वसभामुख महराविरुद्ध मुद्दा, साढे आठ करोड बढी बिगो दाबी



काठमाडौं । विद्युतीय चुरो (भेप) भित्र राखेर सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ।

अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्ने निर्णय हुनेछ।

सीआईबीले महरालाई आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप)मार्फत लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।

सुन तस्करी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै