१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रायोजन



नेपालगन्ज । नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गर्ने भएको छ । आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।

बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गरे ।

खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताइन् । उनले भनिन्, ‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु ।’

खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ । रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको ब्राण्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्टस अवार्डको संयोजक शाहले बताइन् । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले जानकारी दिइन् ।

उनले भनिने, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने शाहले बताइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ९ : २३ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद