काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुने छ ।
कांग्रेसको यो बैठक असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिँदै बिदा लिएका थिए ।
२९ गते बुधबार बैठक बसेको थिएन भने दोस्रो बैठक असोज ३० गते बिहीबार बसेको थियो । उक्त बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका थिए ।
दोस्रो बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको नियमित महाधिवेशन छिट्टै गर्नुपर्नेमा जोड दिएका थिए । पार्टीभित्रको संगठन सुदृढीकरण, नीति-निर्णय र आगामी राजनीतिक कदमबारे आजको बैठकमा पनि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया