३० असार २०८३, मंगलबार | July 15, 2026

जेनजी पुस्ताको माग प्रधानमन्त्रीको राजीनामा र सरकार परिवर्तन थिएन : अध्यक्ष ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनले आफ्नो राजिनामा नमागेको र आन्दोलनको उद्देश्य सरकार परिवर्तन पनि नभएको बताएका छन् । आइतबार राजधानीमा केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले जेनजीको मागहरु भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनु मात्र रहेको स्पष्ट पारे ।

उनले आफु जेनजी आन्दोलनका ती मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए – भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने।’

जेनजीका मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख रहेको उनले बताए । ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। ’

पूर्व प्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पुनः दोहोर्याए।

ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरुले पनि आत्मआलोचना गर्नु पर्ने बताए ।

एकजना संपादकको यत्रो क्षति हुँदा पनि किन आत्मआलोचित नभएको भन्ने प्रश्नको जवाफमा ओलीले पत्रकारहहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मलोचना तपाईंहरुले पनि गर्नुभयो होला भनेर प्रतिप्रश्न गरे।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : २७ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित