१३ भदौ २०८३, शनिबार | August 30, 2026

मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन, ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्याललाई तोडफोड, लुटपाटका पक्षमा रहेको आरोप लगाएका छन् । बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले गृहमन्त्री अर्याललाई लक्षीत गर्दै तोडफोड, लुटपाटका पक्षमा गृहमन्त्रीको मनोभाव रहेको बताए ।

उनले गृहमन्त्रीले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाए । ‘यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ। र, जसलाई क्षति परेको छ तिनीहरुमाथि उहाँको देखिन्छ,’ ओलीले भने, ‘ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ। मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन। घर कहाँ हो पनि थाहा छैन मलाई।’

सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको ओलीको खुलासा गरे । ‘सरकारले थप केही गर्ने योजना बनाइराखेको गम्भीर आशंका छ,’ उनले भने । ओलीले सरकारले जनेजी भनिएकाहरुलाई बोलाएर सरकारलाई दवाव दिन लगाएर आफुलाई कारबाही अगाडि बढाउने योजनामा रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  २ : ३६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ