६ माघ २०८२, मंगलबार | January 20, 2026

शेरबहादुर देउवा सिंगापुर जाँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति सिंगापुर प्रस्थान गर्दै छन् ।

देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि राति ११ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर जान लागेका हुन् ।

जेन जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणपछि उनलाई मानसिक रूपमा समेत आघातमा परेको थियो। त्यसक्रममा सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल, छाउनीमा पुर्‍याएका थिए, जहाँ देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। ती टाँका समेत सिंगापुरमै निकाल्ने तयारी गरिएको बताइएको छ।

देउवाका छोरा, बुहारी र साला हाल सिंगापुरमै रहेका कारण उनले त्यहीँ उपचार गर्ने योजना बनाएका हुन् । सरकारले उनको विदेश यात्रा रोक्ने कुनै तयारी नगरेको स्रोतले जानकारी दिएको छ।

देउवाले पार्टीको कार्यबाहक जिम्मेवारी पूर्णबहादुर खडकालाई सुम्पेर सक्रिय राजनीतिबाट विश्राम लिने तयारी गरेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ०६ बजे

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको