१७ माघ २०८२, शनिबार | January 31, 2026

सतर्कता अपनाउन आग्रह



गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागबाट आज जारी मौसम पूर्वानुमानबमोजिम गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना प्रक्षेपण गरिएको उल्लेख गरेको छ ।

विभागको पूर्वानुमानका आधारमा उत्पन्न हुनसक्ने बढी, डुबान, पहिरो, भूक्षय, हिमपातलगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावनासमेतलाई मध्यनजर गरी सतर्कता अपनाउनुहुन अनुरोध गरेको हो ।

वर्षात्का समयमा अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गर्दै कार्यालयले यात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न गराउन अनुरोध गरेको छ ।

बाढीपहिरोको उच्च जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन र उपयुक्त र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहबाट आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ ।

वर्षात्को समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई संयमतापूर्वक सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउनलगायत सुरक्षित यात्राका लागि सतर्कता अपनाउन यातायात व्यवसायीले आफू मातहतका सवारी चालक एवं सहचालकलाई सचेत गराउन आग्रह गरिएको छ ।

कास्कीको वीरेठाँटीदेखि घान्द्रुक, वीरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ÷सिक्लेस सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातकोसमेत सम्भावना भएकाले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण बेसक्याम्प, मर्दीहिमाल, खुमैडाँडा, कोरीलगायत स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्किन प्रशासनले अनुरोध गरेको छ ।

सबै स्थानीय तह, निजीक्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायी, ट्रेकिङ एजेन्सीहरु, नागरिक समाज तथा सरोकारवाला निकायले मौसम पूर्वानुमानबमोजिम आवश्यक भूमिका निर्वाहगरी विपद्जन्य घटनाबाट हुनसक्ने क्षति न्यूनीकरणमा खट्न आग्रह गर्दै कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ०० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक