१३ भदौ २०८३, शनिबार | August 29, 2026

ओलीको आह्वान – जहाँ हुनुहुन्छ घर फर्किनुहोस, एमाले तपाईंहरूको पसिना र रगतले बनेको हो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेकै दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेका कार्यकर्तालाई मूल घर फर्किन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले अतीतमा एमाले निर्माण र सुदृढीकरणमा योगदान दिएका सबै नेता–कार्यकर्तालाई पुनः एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन्।

एकीकृत समाजवादीभित्र माओवादीसँग एकता गर्ने र नगर्ने तिब्र मतभेदका बीच ओलीको यो विज्ञप्ति एकीकृत समाजवादीका नेताहरूप्रति लक्षित राजनीतिक सन्देशका रूपमा आएको हो ।

‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु—जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौ। देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं,’ उनले भनेका छन्।

उनले निरंकुशता हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गराएका छन्।

ओलीले देशको सार्वभौम अस्तित्व र लोकतान्त्रिक संविधानमाथि चुनौती बढ्दै गएको भन्दै यस्तो अवस्थामा सबै राष्ट्रप्रेमी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन्। ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ,’ उनले भनेका छने, ‘राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ०३ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ