काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको धोविघाटमा बसेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा आयोजना गरिएको बैठकमा पार्टीको महाधिवेशन कहिले कसरी गर्ने भन्ने विषयमा रहेको मतभेद हटाउन प्रयास गरिएको छ ।
आसन्न महाधिवेशनको कार्यतालिकाका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच व्यापक असझदारी रहेको छ ।
शनिबार बसेको बैठकमा पनि यस विषयमा छलफल भएको थियो तर सहमति ननिस्किँदा जारी केन्द्रीय कार्यसमितिको बैठक नै प्रभावित भैरहेको छ ।


















प्रतिक्रिया