१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

घनश्याम भुसालले गरे एकीकृत समाजवादी पुनर्गठनको घोषणा

एमालेमा नजान नेता कार्यकर्ताहरुलाई आग्रह



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् । उनले उक्त भेलाबाटै पार्टीको आगामी यात्रा र दिशा तय हुने बताएका छन्।

उनले अहिले पार्टी एकतामा नजाने नेताहरूले आफ्नै जिम्मेवारीमा क्रियाशील रहनुपर्ने र आगामी भेलासम्म आत्तिन नहुने बताए। “मंसिरको पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौं। त्यहीँबाट गम्भीर छलफल गरी हाम्रो बाटो निश्चित गर्नेछौं,” भुसालले भने।

भुसालले पार्टी एकतामा नजानेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ नफर्कन पनि आग्रह गरे। उनले राजनीतिमा केवल संख्याले मात्र निर्णायक भूमिका नखेल्ने उल्लेख गर्दै भने, “यदि संख्याले मात्र निर्णायक हुने हो भने कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्ने थिएन। अहिले प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपरेको अवस्था आएको छ।”

उनले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता छुट्याउने प्रवृत्तिको विरोध गर्दै नेता–कार्यकर्तालाई सिद्धान्त र मूल्यमा आधारित राजनीतिक यात्रामा दृढ रहन आह्वान गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०० बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद