काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत भएको तत्कालिन नेकपा एकीकृत समाजवादीका ६ जना नेताहरुलाई कारवाही गरिएको पत्र पुरानो मिति राखेर सार्वजनिक गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा भएको भोलिपल्ट नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको पत्र अघिल्लो दिनको मिति राखेर आज सार्वजनिक गरिएको हो ।
अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको एकीकृत समाजवादीका नेताहरु घनश्याम भूसाल, रामकुमारी झांक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको विज्ञप्ति कार्तिक १९ गतेको मिति राखेर आज सार्वजनिक गरिएको छ ।
माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको विज्ञप्तिमा जनाइएको छ ।



















प्रतिक्रिया