२४ असार २०८३, बुधबार | July 9, 2026

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु



धरान । बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ । ‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यही कात्तिक २३ गतेदेखि सुरु गरिएको अभियान आगामी मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनले कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा साथै आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, “नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रमध्ये पशुपालन महत्वपूर्ण छ, हामी कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउने वातावरण निर्माणमा प्रतिबद्ध छौँ ।”

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख विमल अधिकारीका अनुसार अभियानबाट नगरभित्र रहेका पशुपालक कृषकलाई खोरेत रोग नियन्त्रणमा ठुलो सहयोग पुग्ने बताए । यो अभियान भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवा, उद्योग, कृषि तथा पशुपन्छी मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको सहयोगमा तथा नगरपालिकाको पशु सेवा शाखा चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : २२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको