१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशन मिति विवाद प्रमुख एजेन्डा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने भएको हो ।

गत असोज २८ गतेदेखि सुरु भएको उक्त बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम निरन्तर जारी छ । बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको संगठन सुदृढीकरण र आसन्न महाधिवेशनका तयारीबारे सुझाव प्रस्तुत गर्दै आएका छन् ।

बैठकको प्रमुख एजेन्डा भनेकै पार्टीको १५ औँ महाधिवेशनको मिति निर्धारण रहेको छ । प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्ने वा निर्वाचनपछि मात्र गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले आगामी पुस महिनामै नियमित वा विशेष अधिवेशन गर्नुपर्ने मत व्यक्त गरेका छन् । उनीहरूको तर्क अनुसार, महाधिवेशन समयमै सम्पन्न गर्नु पार्टी सुदृढीकरणका लागि आवश्यक छ । तर, अर्को पक्ष भने आगामी निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ ।

मंगलबारको बैठकमा सह-महामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीव विक्रम शाह, प्रकाश रसाइली (स्नेही), भीम पराजुली र गोमाकुमारी भट्टराईले आ-आफ्ना धारणा राखेका थिए ।

बैठकले पार्टीभित्रको आन्तरिक एकता, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे समेत छलफल जारी राख्ने बताइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : २५ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री