२१ मंसिर २०८२, आइतबार | December 7, 2025

स्वदेश फर्किए देउवा दम्पती



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ फर्किएका छन् । सिंगापुरमा उपचार सकेर देउवा र आरजु राणा देउवा आज (शुक्रबार राति) काठमाडौँ आइपुगेका हुन्।

उनीहरू थप उपचारका लागि भन्दै कात्तिक १० गते सिंगापुर विमानमार्फत सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती माथि उनीहरुकै निवास बूढानीलकण्ठमा आन्दोलनकारीहरुले कुटपिट गरेका थिए ।

उनीहरुलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महत, तरुण दलका नेतालगायत विमानस्थल पुगेका थिए। यसअघि खादा र मालाले गलाभरिने गरेपनि यसपटक सामान्य एउटा खादाले मात्र देउवा दम्पत्तीको स्वागत गरिएको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागे १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए। पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर उँडेका थिए।

देउवाको निवासबाट रुपैयाँको गड्डी जलेको अवस्थामा फेला परेको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सम्पत्ती सुद्धिकरण कार्यालयले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेपनि देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि सरकारले उक्त व्यवस्था फुकुवा गरिदिएको थियो।

आज पनि सिंगापुर विमानमार्फत नै उनीहरु स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : ०६ बजे

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा