१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राजनीतिक अस्थिरताले अर्थतन्त्र जोखिममा, दिगो कार्ययोजनाको आग्रह



बुटवल । आगामी दिनमा मुलुकको आर्थिक क्षेत्र थप संकटमा पर्न सक्ने चेतावनी दिँदै व्यवसायी तथा सरोकारवाला पक्षले समस्याको सही पहिचान गरी दिगो र प्रभावकारी कार्ययोजना बनाउन आग्रह गरेका छन् । जेनजी आन्दोलनपछि देशमा देखिएको अस्थिरता र त्यसले अर्थतन्त्रमा पारेको प्रत्यक्ष प्रभावलाई उदाहरण दिंदै उनीहरूले राजनीति, निजी क्षेत्र र राज्य संयन्त्र सबैले आत्मसमिक्षा गर्दै सामूहिक रुपमा समाधानतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए ।

रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरूले हालको राजनीतिक परिवेशले सबैलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको टिप्पणी गरे । गलत राजनीतिक अभ्यास, कमजोर नीति, नेतृत्वगत कमजोरी र सरकार तथा जनताको अपेक्षाबीच असन्तुलनले आर्थिक क्षेत्रमा ठूलो चुनौती पैदा भएको उनीहरूको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले आर्थिक विकासको मेरुदण्ड नै राजनीतिक स्थिरता भएको र स्थिर राजनीतिक वातावरणबिना मुलुकले गतिशील विकास गर्न नसक्ने बताए । उनले राजनीतिक दल तथा तिनका नेतृत्वले केही नगरेको भन्ने धारणा भ्रमपूर्ण भएको दाबी गर्दै जनताको चाहाना अनुसार भएका कामलाई बेवास्ता गर्नु अन्याय भएको बताए । अस्थिर राजनीतिक परिस्थितिलाई कुनै एक दल वा नेतालाई मात्र दोष दिने प्रवृत्तिलाई छोडेर सबै मिलेर समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पुरानो राजनीतिक संस्कार र नेतृत्व शैलीले समाज परिवर्तनको गतिलाई अवरुद्ध गरेको आरोप लगाए । उद्योग-व्यवसायीमा बढ्दो निराशा चिर्न दलहरूले समयानुकूल मानसिकता र कार्यशैली परिवर्तन गर्नुपर्ने उनले बताए । खुला सिमानाका कारण हुने अवैध कारोबारले स्थानीय उद्योगी-व्यवसायी थप मारमा परेको भन्दै उनले नियन्त्रणका लागि राज्य संयन्त्रलाई कडाइ अपनाउन आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नगरलाई व्यवसायमैत्री बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीसँग संयुक्त गस्ती, सिमानाक्षेत्रमा नयाँ गोदाम दर्ता रोक्का लगायतका कदम चालिएको जानकारी दिए ।

संघका अध्यक्ष दीपक प्रसाद अधिकारीले अस्थिर राजनीतिक वातावरणका कारण व्यवसायीमा थप निराशा पैदा भएको र स्वदेशी तथा विदेशी लगानी घट्दै गएर मुलुकको आर्थिक आधार कमजोर बन्दै गएको बताए । निजी क्षेत्रको मनोबल उच्च रहँदा मात्र रोजगार, राजस्व र समग्र विकासमा टेवा पुग्ने भन्दै उनले राजनीतिक दल, राज्यका अंग, निजी क्षेत्र र सामाजिक सङ्गठनबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको इतिहास स्मरण गर्दै व्यवसायीको हितविपरीत कुनै गतिविधि हुन नदिन सबै एकताबद्ध हुनुपर्ने बताए । कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी र उपसमितिलाई सम्मानसमेत प्रदान गरियो ।

संघको १३ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले मंसिर ५ गते मतदान हुनेछ । निर्वाचन समितिले शुक्रबार मतदाता नामावली प्रकाशित गरेको र मंसिर १ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ०५ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा