३० असार २०८३, मंगलबार | July 14, 2026

संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

वर्तमान सरकारले चरम भ्रष्टाचार गरेको आरोप



काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) अदालतमा जाने भएको छ।

मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्। उनले यससँगै सडक आन्दोलन पनि सँगसँगै चलाइने बताए।

ओलीका अनुसार प्रतिनिधिसभा विघटन पूर्ण रूपमा असंवैधानिक छ र यसबाहेक अन्य कुनै वैकल्पिक निर्णय गर्ने अधिकार अदालतसँग छैन। “आजको बैठकबाट हामी कानुनी लडाइँमा जान्छौँ । अर्को, सडक संघर्षमा पनि जान्छौँ । दुबै उपाय अवलम्बन गर्छौँ,” उनले भने।

ओलीले आफू नेतृत्वमा रहेको सरकारले अहिलेको जस्तो खुलेआम भ्रष्टाचार उन्मुक्त वातावरण नभएको दाबी गरे। उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिइ विद्युत् खरिद तथा विदेशी कम्पनीलाई कर छुट दिइ कमिसन लिनेजस्ता विवादमा सरकार मुछिएको आरोप लगाए।

उनका अनुसार आफ्ना पालामा केही कमजोरी भए पनि अहिलेका जस्तो चरम भ्रष्टाचार, कुशासन, विकासहीनता र राजनीतिक अन्यौलता देखिएको थिएन। देश समृद्धितर्फ अघि बढिरहेको बेला अनावश्यक रूपमा यस्तो अवस्था सिर्जना गरिएको उनको आरोप छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : ०८ बजे

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च