२३ असार २०८३, मंगलबार | July 7, 2026

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति



फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको रु ५० लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।

आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिए । उनका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् ।

रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् । बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ३३ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा