काठमाडौं । नेकपा एमालेले जनपरिचालन अभियानअन्तर्गत आज राजधानीमा जनसभा गर्न लागेको छ ।
वाग्मती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपमा हुने जनसभा सुरु गर्नुअघि एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ । एमालेका नेता–कार्यकर्ता, जनसंगठन तथा सम्पर्क समन्वय समितिका नेताकार्यकर्ताहरु सहभागी र्यालीहरू विभिन्न स्थानबाट नारा जुलुस लगाउँदै प्रदर्शनी मार्गमा भेला हुन थालेका छन् ।
जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार भएको नेशनल भोलेन्टियर्सको घोषणा कार्यक्रममा एमाले नेताहरुले आजको जनसभामा ६० हजार भन्दा बढी मास उतार्ने दाबी गरेका थिए । विभिन्न स्थानबाट निस्किएको जुलुसका कारण काठमाडौंको मध्यभागको ट्राफिक अस्तव्यस्त भएको छ ।
प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन विरुद्ध एमालेले कात्तिक २२ गतेदेखि वडा–वडाबाट जनसम्पर्क तथा परिचालन कार्यक्रम सञ्चालन गर्दै आएको छ।


















प्रतिक्रिया