१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली

बाराका एसपी हेटक्वाटर तानेकोमा जनाए आपत्ति



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधानले उचित ठहर गर्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी सभामा बोल्दै उनले वर्तमान सरकार हिंसा र तोडफोडको परिणामस्वरूप बनेको आरोप लगाए।

ओलीले सरकारको संवैधानिक परीक्षण आवश्यक रहेको उल्लेख गर्दै भने, “संविधानले यो सरकारलाई मान्यता दिन सक्दैन। कानुन र कोटका आधारमा यसको उचित ठहरिने ठाउँ नै छैन।” उनले लोकतान्त्रिक विधि र प्रक्रियाको पालना नगरी सरकार निर्माण गरिएको दाबी गरे।

संविधानविपरीत गठन भएको भन्दै उनले तत्काल राजीनामाको माग राखे। साथै, राष्ट्रपतिलाई उदृध गर्दै भने, “राष्ट्रपतिज्यू, जेनजीको माग भन्दै यो सरकार नियुक्त गर्नुभयो, अब त्यसैको आधारमा यो सरकार हटाउनुहोस्।”

ओलीले बाराका एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको निर्णयप्रति पनि कडा आपत्ति जनाए। बारामा जेनजी युवा र एमाले कार्यकर्ताबीच भएको झडपपछि मात्र तामाङलाई जिम्मेवारीबाट हटाइएको थियो।

यसबारे प्रश्न उठाउँदै ओलीले भने, “के अब प्रहरी पनि जेनजीकै पक्षधर भएर प्रस्तुत हुनुपर्ने हो ?” सरकारको यस्तो कार्यप्रति उनले ‘तमासा’ शब्द प्रयोग गर्दै आलोचना गरे।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा