५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबीच पार्टी एकता हुने



काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्त बीच पार्टी एकता गर्ने सहमति भएको छ।

दुई पार्टीका शीर्ष नेताहरूले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत एकता घोषणाबारे औपचारिक जानकारी दिएका हुन् । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने र चुनाव चिन्ह हँसिया राख्ने सहमति भएको नेता विजय पौडेलले बताए । नाम र चुनाव चिन्ह दुबै नेकपा संयुक्तले प्रयोग गर्दै आएको छ ।

नयाँ पार्टीको झण्डामा परम्परागत कम्युनिस्ट झण्डालाई आधार बनाउँदै बौद्धिक श्रमको प्रतिनिधित्व गर्ने संकेत समेत समावेश गरिने उल्लेख गरिएको छ।

दुवै पक्षबीच मार्क्सवाद-लेनिनवाद तथा मानवजातिले हासिल गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूलाई मार्गदर्शन सिद्धान्तका रूपमा स्वीकार गर्दै, कम्युनिष्ट आन्दोलनको अभ्यास र विकासमार्फत वैज्ञानिक समाजवादको लक्ष्यतर्फ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ। साथै, विश्व साम्राज्यवाद, वित्तीय पुँजीवाद तथा यसले जन्माएका असमानता, विभेद, गरिबी, युद्ध र शोषणका सबै रूपको विरोध गर्दै, विश्व–स्तरमा स्वतन्त्रता, समानता, स्वाधीनता, भ्रातृत्व, शान्ति र समाजवादको पक्षमा योगदान गर्ने सहमति पनि व्यक्त गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १ : ५८ बजे

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी