१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘देश विकासका लागि श्रमदान अपरिहार्य’



धरान । देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन् । धरान उपमहानगरका प्रमुख समेत रहेका उनले आज धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’

श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे । अध्यक्ष राईले भने, ‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्यांकन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले