५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने



काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठक शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना हुने भएको छ ।

भक्तपुरमा मंसिर २७ गते उद्घाटन भई सुरु भएको एमालेको ११औँ महाधिवेशन पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियो । महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

आजको बैठकमा पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशाबारे छलफल हुने जनाइएको छ । साथै पोलिटब्यूरो र स्थायी कमिटी गठन, जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालनका प्राथमिक एजेन्डामाथि गम्भीर विमर्श हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठक भएकाले यसले एमालेको भावी रणनीति, संगठन सुदृढीकरण र राजनीतिक गतिविधिको दिशा निर्धारण गर्ने महत्वपूर्ण निर्णयहरू लिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ४६ बजे

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल