६ पुस २०८२, आइतबार | December 21, 2025

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती



काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल आकार पौने ७६ खर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, डिसेम्बर १६ सम्ममा निक्षेपको आकार ७५ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको छ । डिसेम्बर १२ मा ७५ खर्ब ७० अर्ब रहेको निक्षेप चार दिनमै ५ अर्ब रुपैयाँले बढेको हो ।

निक्षेप निरन्तर वृद्धि हुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा कठिनाइ भइरहेको छ । सोही अवधिमा बैंकहरूले कुल ५६ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यसले गर्दा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.०७ प्रतिशतमा झरेको छ र प्रणालीमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता थुप्रिएको छ ।

कर्जाको माग कमजोर रहेकाले केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलको माध्यमबाट निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । यसै क्रममा आइतबार थप २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले ८४ दिन अवधिको लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल आयोजना गर्दैछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ४९ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम