१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

आवश्यकपर्दा भ्यालिबाहिर जान्छु, असंवैधानिक सरकारलाई सोधिराख्नु पर्दैन



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्‍याउँदै आयोग र वर्तमान सरकारप्रति कडा असन्तोष व्यक्त गरेका छन्।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा अन्तर्वार्ताका क्रममा ओलीले प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै निष्कर्ष सुनाइसकेको दाबी गर्दै त्यस अवस्थामा बयान दिनुको कुनै औचित्य नरहेको बताएका हुन्।

“आयोगले छानबिन गर्छ भनिन्छ तर नतिजा सार्वजनिक गर्दैन। जाँच सुरु नहुँदै प्रधानमन्त्री र आयोगका अध्यक्षले मेरो नाम लिएर निर्णय सुनाइसक्नुभएको छ,” ओलीले भने, “जाँचै नगरी परिणाम निकालिसकेपछि म कुन विश्वासमा बयान दिन जानुरु”

ओलीले बयान नदिएबापत गोली हान्नेसम्मको चुनौती दिँदै आफूलाई आजीवन थुनिदिए पनि स्वीकार्य हुने कटाक्ष गरे। “बयान नदिएको अपराधमा गोली ठोक्नुपर्छ भने ठोके हुन्छ। यत्रो कसुर गरेको मान्ने हो भने आजीवन थुनिदिए हुन्छ,” उनले भने।

आयोगका अधिकारीहरू घरमै आएमा सम्मानपूर्वक स्वागत गर्ने ओलीको भनाइ छ। “घर आउनुभयो भने चिया खुवाउँछु, कुरा गर्छु र सम्मानसाथ पठाउँछु,” उनले भने।

ओलीले आवश्यक परे उपत्यकाबाहिर जान पनि आफू स्वतन्त्र रहेको उल्लेख गर्दै त्यसका लागि असंवैधानिक सरकारसँग अनुमति लिनु नपर्ने स्पष्ट पारे। “म जहाँ चाह्यो त्यहाँ जान्छु। यो मेरो संवैधानिक अधिकार हो,” उनले भने।

निर्वाचन सन्दर्भमा पनि ओलीले काभ्रे, रामेछाप, पर्वत वा आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्न सक्ने बताए। “निर्वाचन आउ आउ भन्ने, फेरि जान पाइँदैन भन्ने हुँदैन,” भन्दै उनले वर्तमान सरकारप्रति असन्तोष व्यक्त गरे।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ०२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित