२९ असार २०८३, सोमबार | July 13, 2026

जाँचबुझ आयोग सुटुक्क गुण्डु पुगेर लिए ओलीको लिखित बयान



काठमाडौं । बयान दिन नआए पक्राउ गर्ने सम्मको अभिव्यक्ति दिएको जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगले सुटुक्क गुण्डु स्थित एमाले अध्यक्ष केपी ओली निवास पुगेर लिखित बयान लिएर फर्केको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफ्नो निवास आइपुगेका जाँचबुझ आयोगका पदाधिकारीसमक्ष आफ्नो बयान लिखितरुपमा दिएका छन् ।

आयोगले ओलीलाई बयान लिने सम्बन्धि पत्र काटे लगत्तै ओलीले आफ्नो निवास बोलाएर आफ्नो भनाई (स्टेटमेन्ट) लेखेर दिउको आयोग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीले आफु निकटका व्यक्तिहरू मार्फत आयोगलाई निवासमा पुग्ने संकेत गर्न लगाएका थिए । संकेतअनुसार नै आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गुण्डु पुगेको थियो । आयोगको टोलीलाई ओलीले लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए ।

यसअघि पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए ।

आयोगका पदाधिकारीहरुले भने ओलीलाई सोधिएको प्रश्न र जवाफबारे गोप्य राखेका छन् । ओली निवास पुगेको पदाधिकारीको पहिचान समेत आयोगले गोप्य राखेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ४० बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही