१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कांग्रेस पार्टी कार्यालयबाहिर कार्यकर्ताको प्रदर्शन, नेताहरूलाई प्रवेशमा अवरोध



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाहिर मंगलबार कार्यकर्ताहरूले प्रदर्शन गर्दै नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । पार्टीभित्र देखिएको असन्तुष्टि र आन्तरिक विवादको विरोधस्वरूप कार्यकर्ताहरू सडकमा उत्रिएपछि कांग्रेस कार्यालय परिसर तनावग्रस्त बनेको छ ।

प्रदर्शनरत कार्यकर्ताहरूले “पार्टीलाई बन्दी बनाउन पाइँदैन” भन्दै चर्का नाराबाजी गरेका छन् । यस क्रममा केही नेताहरू र प्रदर्शनकारी कार्यकर्ताबीच भनाभन तथा बाझाबाझसमेत भएको बताइएको छ । सुरक्षाकर्मीको उपस्थितिमा स्थिति नियन्त्रणमा राख्ने प्रयास भइरहेको छ ।

मंगलबार (पुस २२) का लागि बिहान ११ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय प्रवेशमा अवरोध भएपछि प्रभावित भएको छ । बैठक समय सारेर दिउँसो १ बजेका लागि तय गरिए पनि कार्यकर्ताको निरन्तर प्रदर्शनका कारण अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।

स्थिति असहज बनेपछि नेताहरू मुख्य प्रवेशद्वार प्रयोग नगरी वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । यसले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।

पार्टी नेतृत्वबीचको मतभेद, महाधिवेशन र संगठनात्मक निर्णयसँग सम्बन्धित विषयलाई लिएर कार्यकर्तामा आक्रोश बढ्दै गएको जनाइएको छ । यद्यपि पार्टी नेतृत्वले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : ४३ बजे

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा