२ माघ २०८२, शुक्रबार | January 16, 2026

आधिकारिकता दाबी गर्न दलबलसहित देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

विशेष महाधिवेशन गरेर आफु निर्वाचित भएको कार्यमितिलाई मान्यता दिन गगन थापा पुगेको भोलिपल्टै देउवा समूहका नेताहरु पनि आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोग पुगेका हुन् ।

कार्यबहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु र जिल्ला सभापतिहरुसहित ठूलो संख्यामा कांग्रेसी नेता कार्यकर्ताहरु आयोग परिसरमा पुगेका छन् ।

आयोगका पदाधिकारीहरुसँग भेट्न भने नेताहरुसहित केन्द्रीय सदस्यहरुलाई मात्र कार्यालयभित्र प्रवेश दिइएको छ । स्थान अभावका कारण अन्य नेता कार्यकर्ताहरुलाई बाहिरै बस्न प्रहरीले माइकिङ गरेर अनुरोध गरेको छ ।

नेताहरुले आयोगका पदाधिकारीहरुलाई १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै निर्वाचन ऐन र पार्टी विधान अनुसार वैधानिक भएको दाबी गर्ने तयारीमा छन् । उनीहरुले गगन पक्षले गरेको विशेष महाधिवेशन अवैधानिक भएको दाबी पेश गर्नेछन् ।
आयोग कार्यालयबाहिर ठूलो संख्यामा कांग्रेसी नेता कार्यकर्ताहरु उपस्थित छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ४६ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन

रवि विरुद्धको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सर्वोच्चमा चुनौती काठमाडौं

निर्वाचन आयोगमा देउवापक्षीय नेताहरुद्वारा आफुहरू नै आधिकारिक भएको दाबी पेश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरुले निर्वाचन आयोगमा पुगेका