२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

धरानका मेयर साम्पाङले दिए राजीनामा



विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमार्फत उपप्रमुख अईन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले स्थानीय तहको नेतृत्व सम्हालेदेखि नै श्रम, पारदर्शिता र आत्मनिर्भरतामा जोड दिँदै आएका थिए । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित मेयर पदबाट राजीनामा दिएको बताइएको छ ।

यसैबीच, आइतबार नै धरान उपमहानगरपालिका-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले) ले उनलाई सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले वडाध्यक्ष पद त्यागेका हुन् ।

स्थानीय तहका प्रमुख र वडाध्यक्ष दुवैले एकै दिन राजीनामा दिएपछि धरानको राजनीतिक वातावरण थप चासोको विषय बनेको छ । आगामी निर्वाचनमा उनीहरूको भूमिकाले सुनसरी-१ को राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : १२ बजे

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम

लोकगायक कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के.