६ श्रावण २०८३, बुधबार | July 22, 2026

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर



काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इञ्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आचार्यले पदीय मर्यादा विपरितका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदातलमा आरोपपत्र दायर गरिएको जनाएको छ । आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसूरमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आचार्य इञ्जिनियर÷राप तृतीय श्रेणी पदमा सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको सम्पत्ति परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रु छ करोड ७८ लाख ९१ हजार १५ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएकाले सोही बराबरको बिगो असूल गरी कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १० : ५३ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय