११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)



झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रका लागि ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियान’ भन्ने मूल नारासहित सार्वजनिक प्रतिबद्धतापत्रमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।

प्रतिबद्धतापत्रमा आर्थिक वर्ष ०८२/०८३ मा विनियोजित भई हाल रोकिएका तथा अधुरा रहेका विकास निर्माणका कामहरू सम्पन्न गरी नयाँ योजनाहरू अघि बढाइने उल्लेख छ। भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउने कार्यलाई तीव्रता दिइने प्रतिबद्धता जनाइएको छ।

कृषि र आत्मनिर्भरता

ओलीले क्षेत्रलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सिँचाइ विस्तार, भूमिगत तथा सतही सिँचाइ व्यवस्थापन, कृषि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिएका छन्। किसानका लागि जैविक मल कारखाना स्थापना गर्ने पहल गरिने तथा प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी पुर्‍याउने योजना पनि समेटिएको छ।

कृषिमा आधारित आम्दानी बढाउन आवश्यक स्थानमा शीतभण्डार निर्माण, फलफूल तथा नगदे बाली प्रवर्द्धन र बजार व्यवस्थापनलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

पूर्वाधार र यातायात

अधुरा सडक, पुल तथा सामुदायिक भवन निर्माण क्रमशः सम्पन्न गरिने, स्तरोन्नति भएका ग्रामीण सडकहरू कालोपत्रे गरिने र प्रमुख सडकखण्ड फराकिलो बनाइने योजना प्रस्तुत गरिएको छ। दमक–उर्लाबारी, गौरादह–तोलाङ्गा–सिजुवा लगायतका सडक तथा पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, बिजनेस टावर सञ्चालनमा ल्याउने, औद्योगिक पार्क निर्माण सम्पन्न गर्ने तथा मदन भण्डारी रंगशाला र आदिवासी रंगशालाको स्तरोन्नति गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

स्वास्थ्य, शिक्षा र खेलकुद

दमक, कमल र गौरादह नगर अस्पतालको स्तरोन्नति गर्ने, कमलस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई सुविधा सम्पन्न शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। सामुदायिक क्याम्पस र विद्यालयलाई भौतिक तथा शैक्षिक रूपमा सुदृढ बनाउने तथा प्रत्येक पालिकामा सुविधा सम्पन्न खेलमैदान निर्माण गर्ने उल्लेख गरिएको छ।

पर्यटन र सांस्कृतिक संरक्षण

कमल थान, सिमसार क्षेत्र, पोखरी तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्दै क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। चोती सिमसार, भोजोलगायत सामुदायिक वन क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।

धार्मिक, सांस्कृतिक तथा सामुदायिक परम्पराको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिइने उल्लेख छ।

सुशासन र विकासको निरन्तरता

प्रतिबद्धतापत्रमा सुशासनलाई लोकतन्त्रको सुन्दरता भन्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिइएको छ। विगतमा सुरु भएका विकास योजनाहरूको संरक्षण तथा अपूरा काम सम्पन्न गर्ने प्रतिवद्धता दोहोर्‍याइएको छ।

ओलीले आगामी निर्वाचनमा आफूलाई विजयी गराएमा झापा–५ लाई कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमार्फत नमुना क्षेत्रका रूपमा स्थापित गर्ने दाबी गरेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : २९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि