३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त सिफारिस गरिएको हो। प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते मतदान हुँदैछ।

सार्वजनिक बिदाबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। आयोगको सिफारिसअनुसार निर्णय भए निर्वाचनको समयावधिमा करिब एक सातासम्म निरन्तर बिदा पर्न सक्ने देखिन्छ।

यसअघि फागुन १८ गते पहाडी जिल्लामा फागु पूर्णिमाको बिदा र १९ गते तराई क्षेत्रमा बिदा परेको छ भने फागुन २४ गते शनिबार परेको छ। यसरी हेर्दा निर्वाचन आसपासका दिनहरूमा लामो बिदाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ४ : ४७ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६