२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत



बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट बुटवल उपमहानगरपालिका-२ का वडाध्यक्षमा निर्वाचित सुनिल शाक्यसहितका युवाहरू एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले स्वागत गरेका छन् । एमालेका अनुसार विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताहरू मुलुकको विकास र समृद्धिको अभियानलाई अघि बढाउन पौडेलको नेतृत्वलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर-२ निर्वाचन परिचालन समिति सह-संयोजक राजु गुरुङको पहलमा वडाध्यक्ष शाक्यसहित शंकर घर्ती, विक्रम बस्याल, सुमन गुरुङ, प्रवेश सुनार, राजु क्षेत्री, आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चाललगायतका युवा एमालेमा समाहित भएका छन् । उनीहरूले क्षेत्रको दीर्घकालीन विकास र समृद्धिका लागि विष्णु पौडेलको नेतृत्व आवश्यक रहेको भन्दै समर्थन जनाएका छन् ।

नवप्रवेशी युवाहरूले पौडेलको नेतृत्वमा क्षेत्रको समग्र विकास सम्भव हुने विश्वास व्यक्त गर्दै उनलाई विजयी गराउने अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् । साथै, युवाहरूले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने नेतृत्वका रूपमा पौडेललाई अगाडि बढाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष पौडेलले युवाहरूको प्रवेशले पार्टीलाई थप ऊर्जा र उत्साह प्रदान गरेको उल्लेख गर्दै विकास, समृद्धि र स्थायित्वका लागि एमालेप्रति जनविश्वास बढ्दै गएको बताए । उनले एमाले परिवारमा पुनर्मिलन भएका तथा नयाँ रूपमा जोडिएका युवाहरूको साथले आफू थप उत्साहित भएको बताए ।

युवा नेता राजु गुरुङले नवप्रवेशी युवामार्फत आगामी दिनमा कम्तीमा ५ सय युवा एमालेमा जोडिने दाबी गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रमबाट प्रभावित नहुन र फराकिलो जित सुनिश्चित गर्न सक्रिय रूपमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ०० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा