११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा



नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज नेपालगन्जमा राखेको लुम्बिनी प्रदेशमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राज्य मानव अधिकारको अवस्था कमजोर बनाउनेमा जिम्मेवार रहेको बताए ।

उनीहरुले मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा राज्य सधै पछि अट्ने गरेको उल्लेख उनीहरुले गर्दै पयिछल्लो समय मानव अधिकार आयोगको संरचनालाई नै कमजोर बनाइएको आरोप लगाए ।

इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकमा प्रकाशित लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्थाका बारेमा चर्चा गर्दै इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले लुम्बिनी प्रदेशमा सन् २०२५ मा १ हजार ९ सय १६ जना पीडित भएको जानकारी दिए । सोही वर्षमा राज्यपक्षबाट कारागारमा २ जनाको र १ जनाको हिरासतमा मृत्यु भएको महतले बताए । लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ कारागारमा २ हजार ५२७ जनाको क्षमता रहेकोमा ४ हजार ८७० जनालाई राखिएको इन्सेकले जनाएको छ ।

उनका अनुसार, लुम्बिनी प्रदेशमा सन् २०२५ मा राज्य र गैर राज्यपक्षबाट २ सय १ जना घाइते, बाल अधिकार उल्लंघनका घटनामा २ सय ४७ जना, अमानवीय व्यवहारका १ जना, अपहरणका घटनामा ३ जना, महिला अधिकार उल्लंघनका घटनामा १ हजार ३ सय ५६ पीडित भएका छन् । कुटपिटका घटनामा ३३, धम्कीका घटनामा २० जना, कारागारमा मृत्यु घटना २, हिरासतमा मृत्यु १, हत्या घटना ४७ र जातीय विभेदका घटनामा ५ जना पीडित भएका हुन् ।

लुम्बिनी प्रदेशमा राज्यपक्षबाट १५२ जना पीडित भएका छन् भने अन्यपक्षबाट १७६४ जना पीडित रहेका छन् ।

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी रुपन्देहीमा मानव अधिकार उल्लंघनका घटना भएका छन् भने कपिलवस्तु र बाँके मानव अधिकार हनन्का घटनामा दोस्रो र तेस्रो अवस्थामा रहेका छन् । रुपन्देहीमा २०२५ मा मानवअधिकार हनन्बाट ५५९ पीडित भएका छन् भने कपिलवस्तुमा ३९५ जना र बाँकेमा १९४ जना पीडित भएका छन् ।

इन्सेक कार्य समिति सदस्य विकास आचार्यको अध्यक्षता र इन्सेक केन्द्रीय अध्यक्ष विजयराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, अधिवक्ता प्रल्हादबहादुर कार्की, फेडो बाँके अध्यक्ष निर्मला सुनार, मानव अधिकार एलायन्सका सुरेश गौतम अधिकारकर्मी प्रकाश उपाध्याय लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ०४ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने