३० चैत्र २०८२, सोमबार | April 13, 2026

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।

यसका लागि बोलकबोल प्रक्रिया आजै आयोजना गरिनेछ। सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ १० गते गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित कुल रकमबराबर बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमशः वितरण गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ११ : १७ बजे

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

वार्ता असफल भएपछि इरानलाई ट्रम्पले दिए नयाँ धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण

२०८२ राजनीतिक ‘सुनामी’को वर्ष

काठमाडौं । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो ।