६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवल र सैनामैनाबाट रास्वपा-नेकपा छाडेका साढे ३ सय जनालाई एमाले पार्टी प्रवेश गराए उपाध्यक्ष पौडेलले



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल र सैनामैनाका विभिन्न दल परित्याग गरेका साढे ३ सयभन्दा बढी कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् । शुक्रबार बिहान बुटवल उपमहानगरपालिका-१२ र १३ बाट तथा दिउँसो सैनामैनाका विभिन्न वडाबाट उनीहरूलाई पार्टीमा प्रवेश गराइएको एमाले रुपन्देहीका जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिए ।

सैनामैना क्षेत्रबाट मात्रै करिब ३ सय जनाको प्रवेश कार्यक्रम वडा नं १ शाखा कमिटीका उपाध्यक्ष चक्र शाहीको संयोजनमा सम्पन्न भएको थियो । शाहीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपासहित विभिन्न दलमा आवद्ध रहेका कार्यकर्ताहरू एमालेप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेका हुन् ।

उनले एमाले भूमिहीन र लालपुर्जाविहीन नागरिकको भरोसाको पार्टी बनेको उल्लेख गर्दै नयाँ पुस्ताका युवासमेत भ्रम त्यागेर पार्टीमा जोडिएको बताए । “आज प्रवेश गरेका कार्यकर्ताको भावना बुझेर पार्टी नेतृत्वले उचित जिम्मेवारी दिई सक्रिय बनाउने विश्वास लिएका छौं,” उनले भने ।

नवप्रवेशीलाई स्वागत गर्दै उपाध्यक्ष पौडेलले विभिन्न हल्ला र भ्रमका कारण पार्टी बाहिर रहेका व्यक्तिहरू पुनः एमालेमा फर्किनु सकारात्मक संकेत भएको बताए । “यहाँ उपस्थित जेनजीदेखि अनुभवी पुस्तासम्मले एमालेप्रति भरोसा देखाउनुभएको छ । हामी तपाईंहरूको भावना र अपेक्षाअनुसार काम गर्नेछौं,” उनले भने ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा रुपन्देही-२ निर्वाचन परिचालन कमिटी संयोजक भोजप्रसाद श्रेष्ठले जनताको सुझाव र अपेक्षाअनुसार पार्टीले काम गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीय तहका समस्या तत्कालै पार्टीसमक्ष राख्न पनि आग्रह गरे ।

त्यसैगरी, एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलका अनुसार शुक्रबार नै बुटवल-१२ बाट पनि दर्जनौं युवाहरू एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई पनि उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गर्दै युवाको ऊर्जा र योजनाअनुसार पार्टी अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ५ : १९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज