२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026
सम्पूर्ण अपडेट

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर



भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार चुनावी प्रतिस्पर्धा रोमाञ्चक बनेको छ ।

बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राखेका छन् । सूर्यविनायक नगरपालिका-७ (गुण्डु) का दुवै मतदान केन्द्रको मतगणना सकिँदासम्म खत्रीले १ हजार ४०० मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन् । बस्नेतले हालसम्म १ हजार २०० मत प्राप्त गरेका छन् । यससँगै खत्री र बस्नेतबीच २०० मतको अन्तर देखिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कवीर रानाले १७१ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटाले १७ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ५९ बजे

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा