३ असार २०८३, बुधबार | June 17, 2026

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । संसदमा पाँच सिट जितेको राप्रपाबाट शाही यसपटक प्रत्यक्ष निर्वाचनमार्फत विजयी भएका एक्ला उम्मेदवार हुन् ।

यस निर्वाचनमा राप्रपाको प्रदर्शन अघिल्लो निर्वाचनको तुलनामा कमजोर देखिएको छ । २०७९ सालको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी कुल १४ सिट जितेको थियो । तर यसपटक भने प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी जम्मा ५ सिटमा सीमित भएको छ ।

अघिल्लो संसदमा पाँचौँ ठूलो दलको हैसियतमा रहेको राप्रपा यसपटक छैटौँ स्थानमा झरेको छ । लामो राजनीतिक इतिहास बोकेको राप्रपालाई यसपटक श्रम संस्कृति पार्टी ले पछाडि पार्न सफल भएको देखिएको छ ।

यद्यपि, शाहीको प्रत्यक्ष जितले राप्रपाको राष्ट्रिय पार्टीको मान्यता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । संविधानअनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन कम्तीमा एक प्रत्यक्ष सिट जित्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : ०६ बजे

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली