काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार सुरु भएको कार्यक्रममा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाह आज हुने समापन समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।
उपसभापति अर्यालले शुभकामना मन्तव्यका क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिएका थिए । यद्यपि रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा सभापति लामिछानेको सहभागिता उल्लेख भए पनि बालेन्द्र शाहको सहभागिताबारे औपचारिक रूपमा केही स्पष्ट गरिएको छैन ।


















प्रतिक्रिया