२ भदौ २०८३, मंगलबार | August 18, 2026

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै



काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गर्नुभएको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात् समय गणना सुरु भएको विषय ‘ब्रह्मपुराण’मा उल्लेख भए अनुसार ‘कालमाधव’ नामक ग्रन्थमा भनिएको छ—
चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेऽहनि ।
शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति ।।
तदा प्रवर्तयामास कालस्य गणनामपि ।।

अर्थात् चैत महिनाको शुक्ल पक्षको पहिलो दिन, सूर्योदयको समयमा ब्रह्माजीले सृष्टिको निर्माण गरे र त्यही समयदेखि कालगणनाको प्रारम्भ पनि गरे । यसै प्रमाणका आधारमा विसं २०८० देखि नेपालमा चैत्र शुक्ल प्रतिपदाको दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो । यसवर्ष तेस्रो ज्योतिष दिवस मनाउन लागिएको छ ।

यस अवसरमा आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी ज्योतिष दिवस मनाउँदै छन् । समितिले आज दिउँसो १ बजे नारायणहिटीस्थित समितिको कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १२ : ३५ बजे

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार