१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी



काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले २०१५ सालको पहिलो संसदीय निर्वाचनको परिणामपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिए ।

सभाध्यक्ष केसीले नवगठित प्रतिनिधिसभालाई जनताले ठूलो भरोसाका साथ हेरिरहेका उल्लेख गर्दै सरकार मात्र होइन, शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सरकारले सार्वजनिक गरेको १०० बुँदे सुधारका कार्यक्रमलाई स्वागतयोग्य कदम भएको बताए ।

सम्बोधनका क्रममा सभाध्यक्ष केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता औँल्याए । “वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो”, उनले भने । उनले संवैधानिक संस्थाको निष्पक्षता, पारदर्शीता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरे ।

गरिबी, बेरोजगारी, महँगी र सामाजिक असमानता जस्ता समस्यालाई साझा चुनौतीका रूपमा उल्लेख गर्दै सभाध्यक्ष केसीले यस् र यस्ता समस्याबाट मुक्ति दिलाउन संसद्ले प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने धारणा राखे । संविधानको मर्मअनुसार समावेशीता, समानता र जनसत्ता सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

नवगठित सरकार र प्रतिनिधिसभामार्फत जनताका अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै सभाध्यक्ष केसीले सहकार्य, संवाद र समझदारीमार्फत बाँकी संसदीय प्रक्रियाहरू सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “जनताको चाहना पनि यही हो । गठन हुन बाँकी विषयमा पनि सहमतिका आधारमा गठन भई जनहित र राष्ट्रहितमा प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।”

यसैबीच, सभामुखको निर्वाचन भइनसकेको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा उनले बैठकको अध्यक्षता गरेका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ३१ बजे

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी