११ भदौ २०८३, बिहिबार | August 28, 2026

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको आदेशमा हिरासतबाट मुक्त भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आरोप लगाए पनि मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन् ।

ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूप्रति धन्यवाद दिँदै सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरेका छन् ।

यसैगरी, प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन् ।

उनले आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन् । राज्य उदासीन भए पार्टीले नै खर्च व्यहोर्ने समेत उनले उल्लेख गरेका छन् ।

स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी दिँदै उनले पार्टीका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १ : ५२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि