३० चैत्र २०८२, सोमबार | April 13, 2026

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण



बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक व्यवसायीहरुलाई परिरहेको समस्याका बारेमा गम्भिर बन्दै भाडादर तोकेर सार्वजनिक गर्न तथा समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउदै व्यवसायीहरुको संरक्षणमा अगाडी बढ्नका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय, बुटवललाई व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् ।

हालै सम्पन्न अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी रहेका ट्रक व्यवसायी पंकज राईको नेतृत्वमा सोमबार अध्यक्ष यमु जिसीलाई इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडादरसहित विभिन्न विषयमा ध्यानार्कषणपत्र बुझाएका हुन ।

ध्यानाकर्षणपत्रमा अधिवेशनबाट निर्वाचित भएको बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समितिमा आवद्ध ट्रक व्यवसायी र त्यसमा आश्रीत स्वरोजगार मजदुरहरुको हकहितमा केन्द्रित रहेर राज्यको कानुनको पालना गर्दै अगाडी बढ्न आग्रह गरिएको छ ।

पत्रमा समितिको काममा निरन्तर निगरानी गरिरहने उल्लेख गर्दै समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउदै व्यवसायीहरुको संरक्षणमा अगाडी बढ्न सचेत सुझाव दिएको जनाइएको छ ।

पत्रमा मध्यपूर्वमा भैरहेको युद्धका कारण नेपाल सरकारले नेपाल आयल निगमले पटकपटक इन्धनको मूल्य बढाउदै आएको र इन्धनको मूल्यमा भैरहेको निरन्तर वृद्धिले ढुवानी क्षेत्रलाई प्रत्यक्ष रूपमा असर पारिरहेको उल्लेख गर्दै सरकारले हालै भाडादरमा गरेको समायोजन भाडादरका विषयमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको धारणा के हो ? भनि प्रश्न गरिएको छ । सरकारले तय गरेको भाडामा सवारीका साधन चलाउन सकिने हो कि होइन ? भन्दै समितिले ढुवानी भाडाका बारेमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाएपछि इन्धनको मूल्यबृद्धिसंगै बढ्दो खर्चहरू धान्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै मूल्यबृद्धिले ढुवानी सेवा प्रवाहमा समस्या उत्पन्न हुनुका साथै आपूर्ति प्रणालीमा समेत अवरोध आउन सक्ने भन्दै सचेत पनि गराइएको राईले बताए ।

ध्यानाकर्ष बुझ्दै अध्यक्ष जिसीले समितिकातर्फबाट ढुवानी भाडादरका बारेमा गम्भिर रुपमा छलफल गरि आम व्यवसायीहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ५ : ५५ बजे

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो