११ असार २०८३, बिहिबार | June 25, 2026

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज



काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७ जना चिकित्सकको नाम दर्तासूचीबाट हटाएको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट खारेज गरिएको हो ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता सूचना प्रकाशित भएकै मितिदेखि लागू हुने गरि खारेज गर्ने निर्णय भएको जानकारी दिएको छ ।

दर्ता खारेज गरिएका चिकित्सकहरूले नेपालको नागरिकता परित्याग गरेर बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ ।

नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा.रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा.मेरिना गुरुङ, डा.निरन्जन देव पाण्डे, डा.रोजन केसी, डा.ममता गुरुङ, डा.राजिब हमाल र डा.सलुजा सिंह थारू रहेका छन् ।

त्यसैगरी डा.सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा.दिपेन ढकाल र डा.तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ ।

नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १२ : ३५ बजे

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा