१० असार २०८३, बुधबार | June 24, 2026

सीताको अग्निपरीक्षा



कल्पना पौडेल ‘जिज्ञासु’

के तपाईंले कहिल्यै सोच्नुभएको छ,
एउटी स्त्रीलाई न्याय चाहिन्छ कि प्रमाण ?
के उसको आत्माको जलन
कुनै अग्निकुण्डले समन गर्न सक्छ ?

यो कथा पौराणिक कथा मात्र होइन,
पृथ्वीकी छोरीहरूको
वर्तमान कथा हो।

सीता,
मिथक मात्रै होइनन्,
उनी त्यो आवाज हुन्
जसले युगौँदेखि सोधिरहेकी छिन्,
“म निर्दोष हुँ
म माथि शंका किन ?”

वनको बाटो
उनका लागि आदेश बन्यो,
त्याग
उनको कर्तव्य बनाइयो।
प्रेम उनले माग्दै मागिनन्,
बरु प्रेमका खातिर कर्तव्य निभाइन्,
बदलामा पाइन्
दूषित शंका र तीखा प्रश्नहरू।

अशोक वाटिकामा
रावणको होइन-
व्यवस्थाको परीक्षा चलिरहेको थियो।
सीताले
आफ्नो मौनलाई रक्षाकवच बनाइन्,
र आत्मसम्मानलाई प्रथम सत्य ।

फेरि थोपरियो अग्निपरीक्षा ,
पवित्रताको नाममा
पितृसत्ताको विषाक्त लय ।
पुरुष नैतिकता
राजसभाको कसीमा प्रमाणित भयो ,
परन्तु,
स्त्रीको नैतिकता
अग्निकुण्डमा फ्याँकियो।

कसैले सोधेनन् !
आगोले घृणित प्रश्नहरूको उत्तर दिन्छ ?
विश्वासले सार्वजनिक तमासा माग्छ ?

राजधर्मको आसनमा
रामको मर्यदा बसिरह्यो,
दुख लाग्छ
सीताको हुर्मत
त्यसै आसनले लियो ।

उत्तरकाण्डमाः
पीडा अझ गहिरियो।
गर्भमा भविष्य बोकेर
सामाजिक प्रहारको सामना ।
सीता
फेरि वनतिर धकेलिइन्,
राम
सिंहासनमा निर्धक्क बसे ।

मौनता नारीको भाषा थियो
जसलाई पुरुष प्रेरित सभाले
बुझ्न सकेन।
सीताले
धरतीको काख रोजिन्,
त्यो उनको हार थिएन,
त्यो भीषण घोषणा थियो
विद्यमान समाजको अस्वीकार,
जहाँ निर्दोष स्त्री
हरेकपटक दोषी बन्छे,
र दोषी पुरुष
न्यायाधीश बन्छ ।

धर्म त्यही हो
जो प्रश्नसँग डराउँदैन,
आदर्श त्यही हो
जो समानता विना अगाडि बढ्दैन ।
सीता अब कथा मात्र होइनन्,
नारी चेतनाको द्योतक हुन्,
जो हरेक पटक भन्छिन्,
“ अब परीक्षा सीताको होइन रामको हुनुपर्छ ,
विद्यमान कुरीति र यो समाजको हुनुपर्छ ।”

खजुरा बाँके नेपाल।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : २७ बजे

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको