१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाह



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू पनि बैठकमा प्रस्तुत गरिनेछ । त्यसपछि सांसदहरूले नीति तथा कार्यक्रमबारे धारणा राख्नेछन् ।

यस्तै, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ३६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति