२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

अमेरिका विरुद्ध नेपालको विस्फोटक ब्याटिङ, ३१८ रनको चुनौती पेश



काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले कीर्तिमानी स्कोर बनाउँदै ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो। यो स्कोर टियु मैदानमा बनेको अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपाल र यूएईले समान ३१० रन बनाएका थिए।

नेपालको इनिङ्समा इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन जोडे। यस्तै दिपेन्द्र सिंह ऐरीले ५९ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान रोहित पौडेलले ४६ रन बनाए।

ओपनर आशिफ सेख ले ४३ रनको योगदान गर्दा कुशल भुर्तेलले २९ रन थपे। गुल्सन झाले १५ रन बनाएर टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

नेपालले सुरुदेखि नै आक्रामक ब्याटिङ प्रदर्शन गर्दै अमेरिकी बलरमाथि दबाब बनाएको थियो।

कीर्तिपुर मैदानमा नयाँ इतिहास रच्दै नेपालले अमेरिकासामु प्रतिस्पर्धात्मक मात्र होइन, चुनौतीपूर्ण लक्ष्य खडा गरेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ५८ बजे

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय