२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो प्रभावशाली जित दर्ता गरेको छ।

शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए।

यस्तै, शयान जहांगिरले २७, शेहान जयसूर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२ तथा मिलिन्द कुमारले १२ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

यसअघि भएको खेलमा पनि नेपालले अमेरिकालाई ९ विकेटले सहज रूपमा हराएको थियो। लगातार दुई जितसँगै नेपालले प्रतियोगितामा उत्कृष्ट लय कायम राखेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ५ : २७ बजे

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय