३० असार २०८३, मंगलबार | July 14, 2026

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामलाई ‘अस्थायी सुनामी’ को संज्ञा दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालले पार्टीका नेता–कार्यकर्तालाई विचलित वा रक्षात्मक नबन्न आग्रह गरे ।

पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र केही नेता तथा कार्यकर्ता अनावश्यक रूपमा रक्षात्मक बनेको आफूले महसुस गरेको उल्लेख गर्दै उनले विपक्षीहरू आक्रामक देखिए पनि आफ्ना कार्यकर्ताले आत्मविश्वास गुमाउन नहुने बताए। “हाम्रा साथीहरू कताकता डिफेन्सिभ भएको देख्छु। विरोधीहरू आक्रामक छन् भन्दैमा हामी टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन। यो एउटा सुनामी आयो, सुनामी मात्रै हो,” उनले भने।

नेपालले निर्वाचन परिणामलाई लिएर विभिन्न आशंका र प्रश्न उठिरहेको उल्लेख गर्दै त्यसका कारणबारे खोजी भइरहेको उनले बताए। निर्वाचनका क्रममा सरकार, नेपाली सेना, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे विभिन्न तहमा प्रश्न उठिरहेको उनको भनाइ थियो।

नेपालले निर्वाचन प्रक्रियामाथि उठेका प्रश्नहरू समयक्रममा स्पष्ट हुँदै जाने दाबी गर्दै भने, “बेला–बेलामा भित्रकै मान्छेहरूले पनि पोल खोल्ने कुरा गरिरहेका छन्। सेनाको भूमिका कस्तो रह्यो, सरकारको भूमिका कस्तो रह्यो, निर्वाचन आयोगको भूमिका कस्तो रह्यो, मतपत्रको अवस्था कस्तो रह्यो भन्ने विषयहरू एक न एक दिन सार्वजनिक हुँदै जानेछन्।”

पूर्वप्रधानमन्त्री नेपालले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रक्रियामा आफुहरुको राजनीतिक धारको महत्वपूर्ण योगदान रहेको दाबी गरे। उनले २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष प्रतिनिधित्व सुनिश्चित गर्न पहल गरिएको स्मरण गराउँदै संविधानसभामार्फत संविधान निर्माणका क्रममा त्यसलाई थप संस्थागत गरिएको बताए।

उनका अनुसार राज्यका विभिन्न निकायमा महिला नेतृत्वको सुनिश्चितताका लागि संवैधानिक व्यवस्था गरिएको छ। राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख लगायतका प्रमुख संवैधानिक पदमध्ये कम्तीमा एक पदमा महिलाको उपस्थिति अनिवार्य बनाइनु समावेशी लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उनले बताए।

नेपालले वर्तमानमा उदाएका नयाँ राजनीतिक शक्तिहरूमाथि समेत टिप्पणी गर्दै मुलुकको राजनीतिक परिवर्तन, लोकतान्त्रिक अधिकार प्राप्ति र संविधान निर्माणको इतिहासमा उनीहरूको भूमिका नरहेको दाबी गरे। “आज जितेका दलका मान्छेलाई सोध्नुस् त, उनीहरूलाई त्यो इतिहास थाहा छ ? त्यो बेला भूमिका खेल्ने को थिए ?” उनले प्रश्न गरे।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ४ : ०९ बजे

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर