२१ भदौ २०८३, आइतबार | September 6, 2026

एसियन गेम्स छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल



काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’ को विजेता बन्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिन लागेको हो ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस खेलको नतिजाले समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । विजयी टोली समूह विजेता तथा पराजित टोली उपविजेता बन्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया दुवैले चीनलाई पराजित गर्दै सुखद सुरुआत गरेका थिए । नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको थियो भने मलेसियाले चीनमाथि ९ विकेटको सहज जित निकालेको थियो ।

दुवै टोलीले आगामी एसियन गेम्समा स्थान सुरक्षित गरिसकेकाले आजको खेल प्रतिष्ठा र समूह शीर्षताको लागि महत्वपूर्ण मानिएको छ ।

नेपाल र मलेसियाबीच हालसम्म १० वटा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ९ खेलमा जित हासिल गरेको छ भने मलेसियाले एक खेलमा मात्र सफलता पाएको छ ।

पछिल्लो प्रदर्शन र आपसी भेटको इतिहासका आधारमा नेपाल बलियो देखिए पनि घरेलु समर्थकको साथ पाएको मलेसियाविरुद्ध नेपाली टोलीले सावधानीपूर्वक खेल्नुपर्ने चुनौती रहनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त