१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नागरिकता प्रकरणमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै सिंहसहित सात जनाविरुद्ध मुद्दा चलाएको जनाएको छ।

अख्तियारका अनुसार मेयर सिंहले गलत विवरण पेश गरी भट्टराई थर भएकी एक महिलाकी छोरीलाई आफ्नै छोरी ‘रुबीना श्रेष्ठ’ का रूपमा देखाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोप लागेको छ।

यस प्रकरणमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कावा वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना, शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० निवासी रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले नागरिकता प्राप्तिका क्रममा झुटा विवरण तथा कागजात प्रयोग गरिएको निष्कर्षसहित उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विशेष अदालतमा अभियोग दर्ता गरेको हो।

उक्त मुद्दामाथि अब विशेष अदालतमा सुनुवाइ हुने छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ५ : २५ बजे

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,